दफा ६४
प्रतिनिधि नतोकी धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र नदिइने
(१) धितोपत्र दलालको प्रतिनिधिको रुपमा काम गर्ने कम्तीमा एकजना व्यक्ति नतोकी कसैलाई पनि धितोपत्र दलालीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिइने छैन । (२) धितोपत्र व्यापारीको प्रतिनिधिको रुपमा काम गर्ने कम्तीमा एकजना व्यक्ति नतोकी कसैलाई पनि धितोपत्र व्यापारीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिइने छैन । (३) योजना व्यवस्थापकको प्रतिनिधिको रुपमा काम गर्ने कम्तीमा एकजना व्यक्ति नतोकी कसैलाई पनि सामूहिक लगानी योजना तथा लगानी कोष व्यवस्थापन सम्बन्धी धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिइने छैन । (४) धितोपत्र व्यवसायीले प्रतिनिधि तोक्दा पूरा गर्नु पर्ने कार्यविधि, योग्यता तथा व्यवस्थाहरु तोकिए बमोजिम हुनेछ ।